अखण्ड सुदूर पश्चिमको माग राख्दै आन्दोलन उत्रिएका सुदूर पश्चिमेलीहरुले माओवादीको पार्टी कार्यालय र थारुहट स्वायत्त राज्य परिषद्को कार्यालय तोडफोड गरेका छन्। एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले जातीय संघियताको विरोध गर्नेमाथि प्रतिकार गर्न निर्देशन दिएको तेस्रो दिन धनगढीमा योङ्ग कम्युनिस्ट लिग (वाइसिएल)कार्यकर्ताले विरोध कार्यक्रमको अवरोध गर्दा झडप भएको हो।