नेकपा एमालेले तत्काल सरकारमा दुईजना मन्त्री मात्र पठाउने भएको छ । पार्टी कार्यालय बल्खुमा बुधवार बिहान बसेको स्थायी समिति बैठकले अहिलेको सरकार जेठ १४ सम्मको लागि मात्रै भएकाले दुईजनालाई मात्र पठाउने निर्णय गरेको हो ।
एमालेको भागमा पाँच मन्त्रालय परेको थियो । यसैबीच एमाले अध्यक्ष झलनाथ खनालले मंगलवारको सहमतिले संविधान आउने कुरालाई सुनिश्चित गरेको बताउनुभएको छ । मदन आश्रित स्मृति दिवसको अवसरमा पार्टी कार्यालय बल्खुमा भएको कार्यक्रममा खनालले बुधवारको सहमतिले संविधान नबन्ने कुरालाई चिरेको र संविधानका लागि ऐतिहासिक भएको टिप्पणी गर्नुभयो ।
उहाँले नेकपा एमालेलाई एक नम्बरको पार्टी नबनाउँदासम्म मदन भण्डारीको विचारलाई सम्मान हुन नसक्ने बताउनुभयो ।
उहाँले नेकपा एमालेलाई एक नम्बरको पार्टी नबनाउँदासम्म मदन भण्डारीको विचारलाई सम्मान हुन नसक्ने बताउनुभयो ।