डा. बाबुराम भट्टराई नेतृत्वको वर्तमान सरकारले बुधवारदेखि राष्ट्रिय स्वरुप पाएको छ । नेकपा एमाले र संविधानसभामा रहेका अरु सानादल सरकारमा सहभागी भएपछि संविधानसभाको चुनाव भएको चारवर्षपछि बल्ल राष्ट्रिय सहमतिको सरकार गठन भएको छ ।
यसअघि माओवादी, नेपाली काँग्रेस र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता सहभागी रहेको मन्त्री परिषद् बिस्तार भएको थियो । एमालेको तर्फबाट महासचिव ईश्वर पोख्रेलले उपप्रधान तथा उर्जा मन्त्री र राधा ज्ञवालीले शिक्षा मन्त्रीको पद तथा गोपनीयताको सपथ लिनु भएको छ ।
यस्तै संघीय सद्भावना अनिल झा, राप्रपाका परशुराम खापुङ, नेकपा संयुक्तका चन्द्रदेव जोशी, परिवारका दलका एकनाथ ढकाल र नेवाः पार्टीका केशवमान शाक्यले पनि शपथ लिएका छन् । तर उनीहरुको मन्त्रालयको टुंगो लागेको छैन ।