प्रहरीले चलाएको कारवाही अभियानको विरोधमा भारतीय कम्युनिष्ट पार्टी माओवादीले बुधवार भारत बन्दको घोषणा गरेको छ । झारखन्ड, बिहार, पश्चिम बंगाल, छत्तीसगढ, उडिसा, आन्ध्र प्रदेश र महाराष्ट्रमा बन्दको बढी प्रभाव परेको छ ।
बन्दका कारण राजधानी दिल्लीबाट छुट्ने तीन हजार सार्वजनिक बस ठप्प रहेका छन् । रेल भने कडा सुरक्षाका बीच चलाईएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बन्दका क्रममा महाराष्ट्रको बिजापुरमा माओवादीले दुई जना सर्वसाधारणको हत्या गरेका छन् भने स्थानीय गाउँ पञ्चायतको कार्यालयमा आगजनी गरेका छन् ।
यस्तै सुकमा जिल्लामा भएको भिडन्तमा ६ जना प्रहरी घाईते भएको र दुई जना हराईरहेका छन् । संगठन विरुद्ध सञ्चालन गरेको अपरेशन ग्रिन हन्ट नामक कारवाही अभियान र आदिवासीमाथिको प्रहरी ज्यादतीको विरुद्धमा बन्द घोषणा गरिएको माओवादीले जनाएको छ ।