धनगढीमा शुक्रबार भएको थरुहट/थारुवानको आन्दोलन दवाएको भन्दै विरोध खेपेका कैलालीका प्रहरी प्रमुख एसपी बसन्तकुमार पन्तको काज सरुवा भएको छ ।
स्थानीय थारु नेताहरुले दबाब दिएपछि उपप्रधान एवं गृहमन्त्री विजयकुमार गच्छदारको निर्देशनमा पन्तको ठाउँमा महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीका प्रहरी उपरीक्षक घनश्याम अर्याललाई सरुवा गरिएको छ ।
१८ दिनदेखिको अनिश्चितकालिन सुदूरपश्चिम बन्दका कारण हवाई र सडक यातायात सेवा पनि बन्द रहेकोले पन्त सोमबार प्रहरीको भ्यानमा धनगढीबाट नेपालगञ्जसम्म र त्यहाबाट हवाईजहाजमा काठमाडौ गएका छन् ।