केसीलाई धम्की


बिहीबार बिहानै उनको मोबाइल बज्यो । राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले बुझिहाले, फोन गर्ने उही अपरिचित थियो ।
'बुझ्नु भो ?' उसले भन्यो, 'तपाईं बाँच्ने अब १५ दिनमात्रै हो ।' चित्रबहादुरले उत्तर दिए, 'मलाई कसैको धम्कीले केही फरक पर्दैन, देश टुक्र्याउन दिन्नँ ।' संघीयताविरुद्ध खरो उत्रिएका केसीलाई दर्जनौं नम्बरबाट उही मान्छेले फोन गरिरहन्छ । 'कहिले ऊ लखनउ छु भन्छ, कहिले कञ्चनपुरबाट भन्छ,' केसीले सुनाए, 'जहिल्यै मार्ने कुरो मात्रै गर्छ ।' यसरी फोन गर्नेले ठाउँ र नम्बर बदलिरहे पनि नामचाहिँ एउटै भन्छ, सुदीप यादव । 'ऊ ज्वालासिंह भन्ने पार्टीको कमान्डर हुँ भन्छ,' केसीले भने, 'संघीयताको विरोध गरेकाले मलाई नमारी छाड्दिनँ भनेको भन्यै छ ।
उसले केसीलाई संघीयताको विरोध गर्न छाड्न चेतावनी दिँदै आएको छ । आफूले भनेको माने पार्टी चलाउने खर्चसमेत दिने लोभ देखाउने गरेको छ । 'तपाईंले संघीयताको विरोध गर्नाले तराईमा तपाईंको जनमत धेरै तयार भयो, त्यो फिर्ता लिनुस् र आमजनतासँग माफी माग्नुस्,' फोन गर्नेले बिहीबार केसीलाई भन्यो, 'नत्र १५ दिनभित्र तपाईं रहनुहुन्न ।'
केसीलाई आएको धम्कीप्रति मानव अधिकार आयोगले विज्ञप्तिमार्फत चिन्ता व्यक्त गरेको छ । 

Bookmark the permalink. RSS feed for this post.

Leave a Reply

free counters

Search

Swedish Greys - a WordPress theme from Nordic Themepark. Converted by LiteThemes.com.